सरकारले अझै पनि संसदलाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने बिपक्षी दलको निर्णय

२०८१ माघ २ गते बुधवार
सारांश
  • सिंहदरबारमा बसेको बिपक्षी दलहरुको बैठकपश्चात उनले सरकारले अझै पनि संसदलाई छल्ने काम गर्ने हो भने विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताए ।

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताएका छन् ।  


सिंहदरबारमा बसेको बिपक्षी दलहरुको बैठकपश्चात उनले सरकारले अझै पनि संसदलाई छल्ने काम गर्ने हो भने विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताए । 


उनले भने, ‘हिउँदे अधिवेशन छिटोभन्दा छिटो बोलाइयोस् यदि सरकारले अझै पनि यसरी नै संसदलाई छलेर काम गर्छ भने प्रतिपक्ष दलहरुको तर्फबाट आवश्यक पर्यो भने अधिवेशन माग गर्ने, आह्वान गर्नेसम्मको तयारी हामीले गरिरहेका छौँ । यसमा हाम्रो समझदारी बनेको छ ।’


यसको साथै, उनले सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वइच्छाकारी ढङ्गले सरकार सञ्चालन गरेको भन्दै यो प्रवृत्ति विरुद्ध ६ दलहरु एकै ठाँउमा रहेको बताए । 


उनले भने, ‘सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वइच्छाकारी ढङ्गले सरकार सञ्चालन गर्ने जुन प्रवृत्ति देखाएको छ त्यसमा हामी ६ दलहरु एकै ठाँउमा रहेका छाँै । सबैको चिन्ता, चासो र सुझाव सरकार स्वइच्छाचारी बन्दै गएको छ । संसदलाई छल्न खोजेको छ । सरकारको यो रवैया बेठिक भयो भन्ने हाम्रो साझा निष्कर्ष छ ।’


आजको बैठकमा ६ पार्टीहरुको सहभागिता रहेको र अन्य प्रतिपक्षमा रहेका पार्टीहरुको पनि सकारात्मक समर्थन रहेको पनि उनको भनाई छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार